महामन्त्री शर्मा आशीर्वाद लिन पुगे सिटौला निवास

महामन्त्री शर्मा आशीर्वाद लिन पुगे सिटौला निवास



काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट आशीर्वाद लिनुभएको छ । आइतबार काठमाडौंको चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले नेता सिटौलासंग आशीर्वाद लिएका हुन् । नवनिर्वाचित महामन्त्री शर्मा र पूर्व महामन्त्री सिटौला दुबैजनाको गृह जिल्ला झापा हो । तर शर्मा र सिटौला कांग्रेसको आन्तरिक राजनीतिमा फरक–फरक कित्तामा छन् । कांग्रेसको १४ औं महाधिवेशनले शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।

शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए । शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सिटौलाको तर्फबाट भने प्रदीप पौडेललाई शेरबहादुर देउवाको प्यानलबाट महमन्त्रीमा उम्मेदवार बनाइएको थियो । तर पौडेल पराजित भए । शर्मा महामन्त्री भएपछि आफूभन्दा अग्रज नेता सिटौलाको बधाई तथा आर्शिवाद लिन निवासमै पुगेका हुन् ।

मतदान गर्न

बाँकी