अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन

अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन



सिन्धुपाल्चोक । अमेरिकाको एक नगरपालिकाका नगर सदस्य चयन भएका रामचन्द्र श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन गरिएको छ । गत सेप्टेम्बर २४ मा अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को आरटिएममा (उक्त नगर पालिकाको नगर सदस्य ) नियुक्त भएका श्रेष्ठलाई सदरमुका चौतारमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
अमेरिकामा उक्त पदमा पग्ने उनी नेपाली मूलका पाँचौ व्यक्ति हुन् ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा , चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दु;खी प्रकाशन, शब्द सारथि, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय , मिस नेवा खेल, लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिट ,जनहित ग्रामिण सेवा समिति ,सर्वपक्ष दैनिक ,क्यान सिन्धुपाल्चोक, सिन्धु कला मन्दिर , नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले सयुक्त रुपमा कार्यक्रम आयोजना गरी श्रेष्ठलाई अभिनन्दन गरेको हो ।

कार्यक्रममा नगेन्द्र दंगाल, यज्ञ दंगाल, सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्मचार्य , नरमान श्रेष्ठ, ईन्द्रलोचन धिताल, कृष्णराज श्रेष्ठ, नगरप्रमुख अमान सिंह तामाङ लगायतले उनको प्रशंशा गरेका थिए ।

नगरप्रमुख तामाङले कनेक्टिकट राज्य र चौतारा साँगाचोकगढी नगरपालिकाबीच भागिन सम्बन्ध कायम गर्ने व्यवस्था मिलाउन आग्रह गरे । श्रेष्ठले आफूलाई जन्म भुमिमा गरिएको अभिनन्दनले जन्मभूमिका लागि थप केही गर्नुपर्ने हौसला र प्रेरणा थपिएको भन्दै नेपालको नाम सदैव उच्च राख्ने बताए ।

गत सेप्टेम्बर २४ ,२०२१ मा श्रेष्ठलाई उनले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको थियो ।

नेपाल सिन्धुपाल्चोक चौतारा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका पुगेका श्रेष्ठ २० वर्ष देखि उक्त शहरमा होटल व्यवसायमा संलग्न छन् ।