माओवादी प्रदेश २ काे सम्मेलन सकियाे, नयाँ नेतृत्व प्रचण्डले घाेषणा गर्ने

माओवादी प्रदेश २ काे सम्मेलन सकियाे, नयाँ नेतृत्व प्रचण्डले घाेषणा गर्ने



सर्लाही । सर्लाहीमा दुई दिनसम्म चलेकाे नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेकाे छैन । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेकाे हाे ।

लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएकाे छ ।

माओवादी प्रदेश २ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा ताेकिएकाे हाे ।

माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाकाे अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ । प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गर्नेछन् ।