डिला र पुष्पालाई पच्छाउँदै डा‍. आरजु देउवा

डिला र पुष्पालाई पच्छाउँदै डा‍. आरजु देउवा



काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्म २ हजार ६ सय ५० मत गन्दा डिला संग्रौला पहिलो, पुष्पा भुषाल दोस्रो र आरजु राणा तेस्रो स्थानमा छन् ।

संग्रौलाले एक हजार ६५०, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले एक हजार ५५९, आरजुले एक हजार ४५६ मत प्राप्त गरेकी छन् । चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले एक हजार ३१०, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने एक हजार २९६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले १ हजार १९० मत पाएका छन् ।

यसरी गरी सातौं स्थानमा रमा पौडेल रहेकी छन् । उनले एक हजार ५८, आठौं स्थानमा रहेकी सुशीला थिङले एक हजार ४१, रंगमति शाहीले एक हजार २५ र अनिता देवकोटाले ९ सय ५१ मत प्राप्त गरेकी छन् ।

आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।