अल्पसंख्यकबाट प्रदीप सुनुवार निर्वाचित, खुला महिला केन्द्रीय सदस्यमा कसकाे कति मत ?

अल्पसंख्यकबाट प्रदीप सुनुवार निर्वाचित, खुला महिला केन्द्रीय सदस्यमा कसकाे कति मत ?



काठमाडौं । नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् । सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् । उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् । लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा कसकाे कति मत ?
नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

गणना ३८५० मा खुला महिला
डिला २४१४
पुष्पा २२९२
आरजु २१३९
अम्बिका १९४६
ईश्वरी १८७७
सरिता १७१६
रमा १५७२
शुशिला १५२३
रङंमती १५२३