प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । एमालेले दोस्रो पटक संसद पुर्नस्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।

तर, सभामुख सापकोटा भने नेपाल लगायतका सांसदहरुलाई कारबाहीको सूचना टास्न तयार हुनुहुन्न । पूर्व एमाले सांसद भएपनि हाल उहाँहरुले नयाँ पार्टी एकिकृत समाजवादी गठन गरिसक्नुभएको छ । सोही पार्टीको समर्थनमा बहुमत जुटाएर कांग्रेस सभापति शेर बहादुर देउवाले अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ ।