काठमाडौँ । हिजाे मंगलबार नेपाली कांग्रेसका थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिका अनुसार थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
बागमती प्रदेश केन्द्रीय सदस्य एक महिला, मधेसी महिला केन्द्रीय सदस्य चार, बागमती प्रदेश खुला केन्द्रीय सदस्य २, केन्द्रीय सदस्य मधेसी खुला पाँच, केन्द्रीय सदस्य मुस्लिम महिला एक, केन्द्रीय सदस्य मुस्लिम खुला दुई, केन्द्रीय सदस्य प्रदेश १ महिलातर्फ एक, प्रदेश १ खुला केन्द्रीय सदस्य दुई गरेर १८ सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेश १ खुला केन्द्रीय सदस्य दुई जनामा राजीव कोइराला र अमृत अर्याल निर्वाचित भएका हुन् । कोइरालाले २१ सय ५२ मत प्राप्त गर्दा अर्यालले २३ सय ८९ मत ल्याए । सात प्रतिस्पर्धीमध्ये कोइराला र अर्यालले केन्द्रीय सदस्यमा बाजी मारे । प्रदेश १ महिलातर्फको केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बू निर्वाचित भइन् । उनले २२ सय २९ मत प्राप्त गरिन । दुई प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बू निर्वाचित भएकी हुन् ।
केन्द्रीय सदस्य मुस्लिम २ पदमा अब्दुल रज्जक र अब्दुल सतार निर्वाचित भए । रज्जकले २३ सय ९० मत प्राप्त गर्नुभएको छ भने सतारले २२ सय २८ मत ल्याउनुभएको छ । कुल ४६ सय ९२ मत खस्दा २४ मत बदर भएको छ ।
केन्द्रीय सदस्य मुस्लिमतर्फको एक पदमा जाबेद खातुन जागा निर्वाचित भए । अन्य पाँच उम्मेदवारलाई पछि पार्दै खातुन निर्वाचित भए । कुल ४६ सय ९२ मतमध्ये मुस्लिम महिला सदस्यमा २४ मत बदर भएको छ ।
केन्द्रीय सदस्य मधेसी खुला पाँच पदमा अजयकुमार चौरसिया, डा. चन्द्रमोहन यादव, दिनेशकुमार यादव, महेन्द्रकुमार राय र विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । २३ प्रतिस्पर्धीमध्ये सबैमन्दा बढी मत प्राप्त गर्ने पाँच केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।
चौरसिया २५ सय २२ मत ल्याएर विजयी हुनुभएको छ भने विनोदकुमार चौधरी २२ सय ६ मत ल्याएर निर्वाचित हुनुभएको छ । सँगै डा. चन्द्रमोहनले २१ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी दिनेशकुमार यादव १९ सय ५९ मत ल्याएर विजयी हुनुभएको छ भने महेन्द्रकुमार रायले १९ सय ८४ मत प्राप्त गर्नुभएको छ । मधेसी खुलातर्फ पाँच पदका लागि भएको कुल ४६ सय ७१ मतमा १३ मत बदर भएको छ ।
बागमती प्रदेश खुलातर्फ २ पदमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी (राजन) विजयी हुनुभएको छ । रञ्जितले २४ सय १९ मत प्राप्त गर्दा केसीले २१ सय २९ मत पाउनुभएको छ । ४६ सय ५८ मत खस्दा ३३ मत बदर भएको छ । बागमती प्रदेश महिला १ पदमा उर्मिला नेपाल केसी निर्वाचित हुनुभएको छ । दुई प्रतिस्पर्धीलाई पछि पार्दै केसी २३ सय ४९ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
त्यसैगरी केन्द्रीय सदस्य मधेसी महिलातर्फ चार पदका लागि भएको निर्वाचनमा नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव निर्वाचित भएकी थिइन् । नागिनाले २८ सय ४६, मञ्जुकुमारीको २८ सय ८६, मिनाक्षीको तीन हजार १२ र मुक्ताकुमारीको २९ सय ६० मत आएको छ । कुल ४६ सय ७१ मत खस्दा १३ मत बदर भएको छ ।
प्रतिक्रिया