माओवादी केन्द्रको स्थायी समिति बस्दै

माओवादी केन्द्रको स्थायी समिति बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । आज शुक्रबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको छ । पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।
माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।