डान्स च्याम्पियन परिवर्तित स्वरुपमा

डान्स च्याम्पियन परिवर्तित स्वरुपमा



काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘डान्स च्याम्पियन’ अब परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको शो काे क्वालिटी कमजोर भएको भनि प्रतिकृया आउन लागेपछि निर्माण कम्पनी इन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो ।

कि एडभटाइजिङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् । नायिका निरुता सिंह, आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपिशोडमा कमेडियन बले अर्थात् सागर लम्साल र कक्रोज अर्थात् हरिश निरौला अतिथि तथा निर्णायकको रुपमा देखिने छन् । मुन्द्रेको कमेडी क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात् उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षित थियो ।