काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको प्राकृतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीकोे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
![](https://globenepal.com/wp-content/uploads/2021/12/ssss.jpg-1.jpg)
![](https://globenepal.com/wp-content/uploads/2021/12/266508288_705236633779255_941371583467090250_n.jpg)
![](https://globenepal.com/wp-content/uploads/2021/12/266386703_334525264890132_2070504368498174290_n.jpg)
![](https://globenepal.com/wp-content/uploads/2021/12/267497777_469362237907016_1902962241004707018_n.jpg)
![](https://globenepal.com/wp-content/uploads/2021/12/269620353_3116210355263698_2277117457305542132_n.jpg)
प्रतिक्रिया