कांग्रेस नवनिर्वाचित केन्द्रीय समिति पहिलो बैठक : निर्णय के-के भयाे ?

कांग्रेस नवनिर्वाचित केन्द्रीय समिति पहिलो बैठक : निर्णय के-के भयाे ?



काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक शनिबार पार्टी कार्यालय सानेपामा बसेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरणपछि बसेको बैठक करिब १५ मिनेट भलेको थियो ।

बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनका लागि भोलि आइतबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने जानकारी गराए । बैठकले १४औं महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेता, अधिवेशन सफल पार्न खटिने निर्वाचन समिति, शुभेच्छुक तथा संचारमाध्यमहरुलाई धन्यवाद प्रकट गरेको छ ।

बैठकले पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प पनि गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरेको छ ।

बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको तर्फबाट आधिकारिक रुपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरेको छ ।