January 20, 2022 माघ ०६ , २०७८

माओवादी सम्मेलनको उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई पनि आमन्त्रण

माओवादी सम्मेलनको उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई पनि आमन्त्रण

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार १ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो ।

महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।