माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत

माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेृछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

सात सदस्यीय अध्यक्ष मण्डल
माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो । बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।