कांग्रेसको स्थगीत १६ जिल्लाको अधिवेशन पुस २७ गते

कांग्रेसको स्थगीत १६ जिल्लाको अधिवेशन पुस २७ गते



काठमाडौं । नेपाली कांग्रेसले स्थगित भएका १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो । महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो ।

प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ ।