कैदी भगाउन सहयोग गर्ने जेलर र प्रहरी हवल्दार पक्राउ

कैदी भगाउन सहयोग गर्ने जेलर र प्रहरी हवल्दार पक्राउ



दाङ । घोराही कारागारबाट कैदी भागेको घटनामा जिल्ला प्रहरी कार्यालय दाङले जेलर र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । तत्कालिन जेलर युवराज परियार, कारागारका प्रहरी ईन्चार्ज, प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई हिजो साँझ पक्राउ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले जानकारी दिए ।

परियारलाई जेलरबाट मुक्त गरि जिल्ला प्रशासन कार्यालयमा तानिएपछि ओलीलाई नयाँ जेलरका रुपमा घोराही कारागारामा खटाईएको थियो । कैदी भगाउन सहयोग गरेको देखिएपछि तत्कालिन जेलर परियार, प्रहरी ईन्चार्ज र हवल्दारलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसअघि दुई जना महिला, प्रहरि जवान धनवहादर चौधरी र अर्का एक जना पुरुष पक्राउ परिसकेका छन् । हत्या आरोपमा जेल जिवन विताइरहेका यमराज परियारलाई उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका धनवहादुर चौधरी, अस्पताल नगइ होटलमा पुगेको र परियार त्यहीबाट भागेको देखिएको प्रहरीले जनाएको छ ।

फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाको तथ्याङ्क सङ्कलन गर्ने र सोही तथ्याङ्कका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीलाई डिशहोम सञ्जालमार्फत रकम प्रदान गरिने छ । विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउने छन् । छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ ।