कांग्रेसले तोक्यो वरीयताः को कति नम्बरमा ?

कांग्रेसले तोक्यो वरीयताः को कति नम्बरमा ?



नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ। सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ।

सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ। १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो। बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ।