मुम्बईमा तीव्र गतिले बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण

मुम्बईमा तीव्र गतिले बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण



मुम्बई । भारतको मुम्बई सहरमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बईमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ । बीएमसीका अनुसार मुम्बईका कुल संक्रमित मध्ये २९ सय धारावीबाट रहेका छन् ।

त्यस्तै पश्चिम बंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढेसँगै मुम्बईमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायात क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ ।