रोनाल्डोको गोल, युनाइटेडको सहज जित

रोनाल्डोको गोल, युनाइटेडको सहज जित



लन्डन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेकाे छ । युनाइटेड बर्नलीलाई ३-१ गाेल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हाे । स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे । २७औँ बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो ।

रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन । युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ । कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय खेल भने स्थगित भएको थियो।