प्रचण्डको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव

प्रचण्डको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् ।

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् ।

आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।