तिब्बतसँग सम्बन्धित कार्यक्रममा गएको भन्दै भारतमा सांसदलाई चिनियाँ दूतावासको पत्र

तिब्बतसँग सम्बन्धित कार्यक्रममा गएको भन्दै भारतमा सांसदलाई चिनियाँ दूतावासको पत्र



काठमाडौं । तिब्बतसँग जोडिएको एक कार्यक्रममा सहभागी भएको भन्दै भारतस्थित चिनियाँ दूतावासले भारतीय सांसदहरुलाई एक पत्र पठाएको छ । आक्रोशपूर्ण पत्रमा तिब्बतलाई चीनको आफ्नो अविभाज्य अंग बताउँदै तिब्बतको निर्वासित सरकारको एक अवैध संगठन बताइएको जनाइएको छ ।

यस कार्यक्रममा सहभागी भएका बीजू जनता दलका राज्यसभा सांसद सुजित कुमारले चीनको यस्तो कदमको कडा विरोध गरे । सांसद सुजीत कुमारले भनेका छन्, ‘भारतस्थित चिनियाँ दूतावासबाट पठाइएको यस्तो पत्रको निन्दा आवश्यक छ।’ उनले पूरै विश्व चिनियाँ कम्युनिस्ट पार्टीद्वारा तिब्बतको सांस्कृतिक जनसंहारविरुद्ध उभिन आवश्यक रहेको बताए ।

२१ डिसेम्बरमा भारतीय सांसदहरुको एक समूह दिल्लीको इंपीरियल होटलमा आयोजित एक डिनर रिसेप्शनमा सहभागी भएका थिए ।

यस कार्यक्रममा अल पार्टीज इन्डियन पार्लियामेन्ट फोरम फर तिब्बतलाई एक पटक सक्रिय गरेर सुजित कुमारलाई यसको संयोजक बनाइएको थियो ।