कांग्रेस केन्द्रीय सदस्यमा को–को भए मनोनित

कांग्रेस केन्द्रीय सदस्यमा को–को भए मनोनित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुने केन्द्रीय सदस्यहरुमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

१४ औं महाधिवेशनमा सिंह र निधि सभापतिका प्रत्यासी थिए भने चुनावी प्रतिस्पर्धामा सहभागी नभएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उमा रेग्मी र मीन विश्वकर्मा हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनय गरेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।