जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेलले केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् । यसअघि शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनीत गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।