January 22, 2022 माघ ०८ , २०७८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

काठमाडौं । नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।