कृषि सामग्री लिमिटेडमा एक अर्ब भ्रष्टाचार, १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कृषि सामग्री लिमिटेडमा एक अर्ब भ्रष्टाचार, १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्बभन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ । आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो ।