यही वर्षको अन्त्यसम्ममा कोराेना सकिन्छ : डब्ल्युएचओ

यही वर्षको अन्त्यसम्ममा कोराेना सकिन्छ : डब्ल्युएचओ



विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् । उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हाे । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य गरौं ।’

महासचिव गेब्रिसियसले कोरोना भाइरसबाट विश्वको कुनै पनि व्यक्ति अछुतो नरहेको बताएका छन् । यसकारण जबसम्म विश्वमा कोरोना रहन्छ संसारका सबै व्यक्ति जोखिममा रहन्छन् । सिंगो विश्वलाई जोखिममुक्त बनाउने हो भने स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु पर्ने उनले बताएका छन् ।

कोरोना महामारीका कारण संसारका कयौं व्यक्ति नियमित खोप र स्वास्थ्य उपचारबाट समेत बन्चित भएका छन् । जसले भविष्यमा दीर्घकालिन रोगको जोखिम समेत बढेको छ । विश्वलाई यो महामारीबाट बचाउन डब्ल्युएचओले ‘बायोहव’ बनाएको उनले बताए । यो ‘बायोहब’लाई विश्वका सबै देशले अनुसरण गर्ने उनको विश्वास छ ।

यसैबीच पछिल्लो समय विश्वमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको छ । यो कोभिड-१९ भन्दा धेरै नै संक्रामक रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । नेपालको छिमेकी देश भारतमासमेत १७ सय मानिसमा ओमिक्रोन’ पुष्टि भइसकेको छ । नेपालमा पनि हालसम्म तीन जनामा ओमिक्रोन पुष्टि भइसकेको छ ।