एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार

एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार



काठमाडौं । एकीकृत समाजवादी पार्टीले आगामी १२ माघ हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो ।

जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो।

पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।