प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्य अन्तिम चरणमा

प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्य अन्तिम चरणमा



काठमाडौँ ।प्रधानमन्त्रीका रुपमा पाँचौ कार्यकालमा शेरबहादुर देउवा दोस्रो विदेश भ्रमणका रुपमा आगामी पुष २५ गते भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा आयोजना हुने दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन उनी भारत जाने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले भ्रमणको भित्री तयारी गरिरहेको भएपनि आधिकारिक रूपमा सार्वजनिक जानकारी दिएको छैन । पुस २६ देखि २८ गतेसम्म हुने सम्मेलनमा भाग लिन देउवा एकदिन अगाडि नै भारत जाने तयारी गरेका हुन् । सम्मेलनमा नेपाल लगायत विश्वको आर्थिक क्षेत्रमा प्रभाव जमाएका लगानीकर्ता तथा नेताहरुसहित झन्डै एक सय ३५ देशका ४० हजारभन्दा बढी पाहुना गुजराजमा जम्मा हुने बताइन्छ ।

भ्रमणका दौरान भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल र भारत बीच विवादित भनिएका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ । देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रविदहरुले साना समस्या समाधान गरेर ठूला समस्या समाधानको बाटोमा जान सुझाब दिएका छन् । देउवा सहभागि हुने सम्मेलनमा रुसका राष्ट्रपति मिखाइल मिशुस्तिन, मोजाम्बिकका राष्ट्रपति फिलिपे ज्यासिन्टो न्यूसी, मोरिससका प्रधानमन्त्री प्रभिन्ड जुग्नाउथ, स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्सा सहभागी हुनेछन्।