‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय



काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित भएको जनाएको छ । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएको जनाएकी छिन् । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको थियो ।

तर, सरकारले बुस्टर डोज चाहिँ भनेको छैन । उसले ‘खोपको एक अतिरिक्त मात्रा’ भनेको छ । सरकारले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने बताएपछि ओमिक्रोन भेरिएन्टको कारणले सरकारलाई चुनौति थपिएको छ ।