राष्ट्रियसभा बैठक आइतबार बस्ने

राष्ट्रियसभा बैठक आइतबार बस्ने



काठमाडौँ । राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेकाेलमहासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ । उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।