काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका लागि बालकोट पुगेका छन् ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका पौडेल प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि हिजाे बुधबार साँझ बालकोट पुगेका हुन् । पौडेल साँझ ६ बजे बालकोट पुगेको र करिब १ घण्टा छलफल भएको उनको सचिवालयले जनाएको छ । पौडेलले प्रतिनिधि सभा र न्यायालयमा देखिएको समस्याका विषयमा छलफल गरेका जनाइएको छ ।
प्रतिक्रिया