January 20, 2022 माघ ०६ , २०७८

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छः महामन्त्री शर्मा

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छः महामन्त्री शर्मा

फुङ्लिङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले समाज रुपान्तर नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने बताए ।

समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताए । विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताए । उनले भने, “राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ । पाथिभराको काखमा जन्म लिएका हौँ ।