साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त



साउदी अरबकी राजकुमारी र उहाँकी छोरी तीन वर्षपछि जेलमुक्त हुनुभएको छ । राजधानी रियादमा रहेको जेलबाट उहाँहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिनुहुन्छ ।

उहाँलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो । उहाँको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उहाँलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उहाँलाई त्यति बेला उपचारका लागि स्वीजरल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्राउ गरिएको थियो । उहाँको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन ।