एटीएमको ढोका खुला राख्न बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन

एटीएमको ढोका खुला राख्न बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूलाई एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको छ । कोभिड–१९ सङ्क्रमण बढेपछि सोमबार बैङ्कहरूलाई चार बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले बैङ्कका शाखा कार्यालयहरूमा भौतिक दूरी कायम गर्न भनेको छ भने सङ्क्रमण सर्न सक्ने भन्दै एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले सभा, समारोह वा सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यमबाट सम्पन्न गराउनसमेत भनेको छ । स्यानिटाइजर तथा मास्क अनिवार्य गरेर उच्च सावधानीका साथ सेवा उपलब्ध गराउन बैङ्कहरूलाई भनिएको छ ।