नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि



काठमाडाै । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको गौतमले बताए । उनीघरमै आइसोलेटेड भएर बसेका छन् ।
अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम र भेटघाट केही समयका लागि स्थगित गरिएको छ । उन आफ्नो सम्पर्कमा रहेकालाई एकान्तवास बस्दै परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललार्ई संक्रमण देखिएसँगै उच्चपदस्थ व्यक्तिहरूले कोरोना परीक्षण गराएका छन् । यस्तै हिजो मात्र शिक्षामन्त्रीलाई संक्रमण देखिएको थियो ।