एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । गत २४ घण्टाको अवधिमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । देशभर थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।