ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको एक नम्बरमा

ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको एक नम्बरमा



नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् । विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको पछिल्लो विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका हुन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार ५०० अंक छ । यसअघि प्रिन्स तेस्रो र ११ औं स्थानमा परेका थिए । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।