January 20, 2022 माघ ०६ , २०७८

भारतमा हावाको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित

भारतमा हावाको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ४७ हजार कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ । भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घन्टामा साढे २७ हजारको मृत्यु भएको छ ।