यतीको ‘यति धेरै क्यासब्याक’अफर

यतीको ‘यति धेरै क्यासब्याक’अफर



काठमाडौं । नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु ४५० को क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको छ ।

फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ ।

यती एअरलाईन्सको टिकट खल्तीमार्फत् भुक्तानी गर्दा रु. ४५० क्यासब्याक

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु. ३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११, २०२२ देखि लागुभई फेब्रुअरी १६, २०२२ सम्म जारी रहनेछ ।

यात्रुले क्यासब्याक पाउन के गर्ने ?
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न यात्रुहरूले निम्न चरणहरू पालना गर्नुपर्नेछः

यती एअरलाइन्सको एप (http://hp3t7.app.link/kdFfFiKmGib) डाउनलोड गरी रजिष्ट्रर गर्नुहोस् वा https://www.yetiairlines.com मा जानुहोस् ।

आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह (Adult/Child) छनौट गरी फ्लाइट “Search” गर्नुहोस् ।

आफूलाई उपयुक्त हुने समयको फ्लाइट छनोट गरेर “Next” मा ट्याप गर्नुहोस् ।

आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र “Continue”मा ट्याप गर्नुहोस् र विवरण पुनः जाँच गरी यदि ठीक छ भने “Proceed” मा थिच्नुहोस् ।

रकम भुक्तानीका लागी “Khalti” छनौट गरी भुक्तानी गर्नुहोस् ।

टिकट बुक हुने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ सँगको सहकार्यमा हाम्रा यात्रुहरुका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए । उनका अनुसार ‘यात्रुलाई थप सुविधा दिनका लागि एकपछि अर्को अफरहरु ल्याइनै रहेका छौं, यसकै निरन्तरता स्वरुप यो अफर पनि ल्याएका हौं ।’