माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना सङ्क्रमणमुक्त भएका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ अर्थात सङ्क्रमणमुक्त भएको पाइएको हो । १० दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र स्वकीय सचिव मल्ल कोभिड १९ सङ्क्रमणका कारण होम आइसोलेशनमा बस्दै आएका थिए ।

प्रचण्ड लगायत १२ जनाभन्दा धेरै केन्द्रीय नेतामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रको पदाधिकारी थप्ने प्रक्रिया अघि बढ्न सकेको छैन । केही समयपछि केन्द्रीय समितिको बैठक बोलाएर पदाधिकारी थपका बारेमा छलफल गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।