संसद बैठक अनिश्चित, २५ भन्दा बढी सांसदलाई कोरोना सङ्क्रमण

संसद बैठक अनिश्चित, २५ भन्दा बढी सांसदलाई कोरोना सङ्क्रमण



काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २५ भन्दा धेरै सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जानकारी गराएका वा विभिन्न माध्यमबाट थाहा भएका आधारमा यो तथ्याङ्ख्या सङ्घीय संसद सचिवालयले तयार पारेको हो ।

सङ्क्रमित भएर आराम गरिरहेका सांसदको सङ्ख्या धेरै हुनसक्ने अनुमान सचिवालयको छ । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सचिवालयमा कार्यरत ७ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

केही सांसद, सचिवालयका कर्मचारीमा कोरोना देखिएका कारण आज दिउँसो १ बजे तय भएको प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचनामार्फत कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण बैठक सारिएको जानकारी गराएका छन् । अर्को बैठक फेरि सारिएन भने यही माघ १६ गते बस्नेछ ।