प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा भोलि (मंगलबार) पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ । दुवै नेता संवैधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिबद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।