टेडेक्स दरबारमार्गले सयभन्दा बढी ‘टेड टक’ आयोजना गर्ने

टेडेक्स दरबारमार्गले सयभन्दा बढी ‘टेड टक’ आयोजना गर्ने



काठमाडौं । टेडेक्स दरबारमार्गले मे २०२२ मा एक सयभन्दा बढी ‘टेड टक’ आयोजना गर्ने योजना बनाएको छ । कार्यक्रममा फरकफरक पृष्ठभूमि र फरकफरक विषयमा ६ जना वक्ता सहभागी हुने टेडेक्स दरबार मार्गले जनाएको छ । त्यसमध्ये २ जना अन्तर्राष्ट्रिय वक्ता हुने बताइएको छ । अमेरिकी एक गैर–लाभकारी संस्था हो ।

‘टेड टक’मा सहभागी वक्ताले आफ्नो सफलताको कथा, आफूले गर्ने काम र त्यसले संसार र समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्न कस्तो भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा चर्चा गर्ने छन् । छोटो, सावधानीपूर्वक तयार गरिएको र शक्तिशाली भाषणहरूमार्फत विचारहरू फैलाउने ‘टेड टक’को मिशन रहेको छ । जसले विषयहरूको विस्तृत दायरालाई समेट्छ। संसारका सबैभन्दा नवीन र प्रभावशाली वक्ताहरूबाट सिकाइ, प्रेरणा र आश्चर्यलाई बढावा दिन ‘टेड टक’को महत्वपूर्ण भूमिका रहने गरेको छ । ‘टेड टक’को उद्देश्य नेपाललाई विश्वमा विचार आदानप्रदान गर्ने मञ्चका रूपमा चिनाउनु हो।

TED.com र YouTube लगायत अन्य अनलाइन च्यानलहरूमा TED सामग्रीहरू मार्फत विचारहरू सबैसमक्ष पुर्‍याउनकालागि संसारमा सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ।

टेडसँग अनुमति लिएर विश्वभर नै यस्ता कार्यक्रम हुने गरेका छन् । टेडेक्स दरबार मार्ग भने सन् २०१८ देखि काठमाडौंमा हुँदै आएको छ ।