काठमाडौं ।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने भएको छ। कोरोना संक्रमण बढीरहेकाले अधिवेशन हुन बाँकी १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिए।
मधेश प्रदेशका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन कांग्रेसले आगामी माघ १५ गतेका लागि तय गरेको थियो। निर्वाचन सार्ने आधिकारिक निर्णय नगरिए पनि कोरोना संक्रमणलाई मध्यनजर गरी निर्वाचन सार्ने विषयमा छलफल भइरहेको घिमिरेले बताए।
निर्वाचन समितिको बैठक केही दिनभित्रैमा बसेर अधिवेशन सार्ने निर्णय गरिने बताइएको छ। कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, चितवन, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।
प्रतिक्रिया