पेट्रोल लिटरकै १३९ रुपैयाँ

पेट्रोल लिटरकै १३९ रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग तेल खरिद गर्दा भुक्तानी गर्न नसक्ने अवस्था आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि गरिएको छ । यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने प्रतिकिलो लिटर १ सय अमेरिकी डलर वृद्धि गरिएको छ ।

खाना पकाउने एलपी ग्यासमा भने हालको मूल्य नै यथावत् राखिएको छ । अब पेट्रोलको प्रतिलिटर १ सय ३९ र डिजेलको १ सय २२ रुपैयाँ पुगेको छ । यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ सय ६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ९ सय ९५ रुपैयाँ पुगेको छ ।