स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहिवार पुनः बैठक बस्न लागेको हो ।

२२ बैशाखमा गर्न आयोगको प्रस्ताव जाँदै
निर्वाचन आयोगले बैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको थियो । ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं,’ थपलियाले सञ्चारकर्मीसँग भने, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्नसक्नेछ भन्ने बिषयमा पनि ध्यानाकषर्ण गराईसकेका छौं ।’

उनका अनुसार बैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ बैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।