विश्वकपका लागि टोली घोषणा, लोकेश र विवेक पहिलो पल्ट राष्ट्रिय टोलीमा

विश्वकपका लागि टोली घोषणा, लोकेश र विवेक पहिलो पल्ट राष्ट्रिय टोलीमा



काठमाडौं । अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् । युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

यस्तै शरद भेषवाकर, प्रदिप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

१६ खेलाडी नामः
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ।