प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

“प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।” कांग्रेस सभापति देउवा पछिल्लोपटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।