प्रधानमन्त्रीले आहवान गरेकाे सर्वदलीय बैठकमा एमालेको सहभागिता अन्यौल

प्रधानमन्त्रीले आहवान गरेकाे सर्वदलीय बैठकमा एमालेको सहभागिता अन्यौल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लाग्नुभएका हुन् ।

बैठक निर्वाचन आयोगले स्थानीय तहको मिति घोषणा गर्न दिएको सिफारिसबारे केन्द्रित छ । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदैछ । सर्वदलीय बैकठमा एमालेको सहभागिताबारे अन्यौल छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।