महामन्त्री शर्माले दिए मन्त्री यादवलाई तीनवटा विकल्प

महामन्त्री शर्माले दिए मन्त्री यादवलाई तीनवटा विकल्प



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने सार्वजनिक अभिव्यक्तिप्रति काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् ।

कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महाममन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका छन् ।

त्यस्तै विगतका हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्ने र त्यसलाई रोमान्सको अभिव्यक्ति बनाउन नहुने पनि शर्माले बताएका छन् । उनले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प दिएका छन् ।

मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने, सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने, अथवा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।