सीता दाहालमा कोरोना पुष्टि, मेडिसिटी आईसीयूमा उपचार हुँदै

सीता दाहालमा कोरोना पुष्टि, मेडिसिटी आईसीयूमा उपचार हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयले दिएको जानकारीअनुसार दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । सचिवालय स्रोतले भन्यो, ‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’ केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् ।